post-slider post-slider

आँखा पाक्ने रोग (भाइरल कन्जंक्टिभाइटिस) लागेमा के गर्ने ?

Image

अहिले फैलिइरहेको आँखा पाक्ने रोग (भाइरल कन्जंक्टिभाइटिस) रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैँ निको हुन्छ । आँखा पाक्ने रोग हाल नेपालका विभिन्न जिल्लाहरुमा आँखा पाक्ने समस्या देखिएकोले सर्तक रहनु आवश्यक पर्छ। 

लक्षणहरु

आँखा रातो हुने र चिलाउने

आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने

आँखाको ढकनी रातो हुने, सुन्निने

आँखा बिझाउने/दुख्ने

घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने

रोकथामका उपायहरु

भाइरल कन्जंक्टिभाइटिस (आँखा पाक्ने रोग) सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । त्यसैले रोकथामका निम्न उपायहरु अपनाएर आँखा पाक्ने रोगबाट बचौँ।

संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भीडभाडमा नजाने

संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने

जथाभावी आँखा नछुने। आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचि मिचि राम्रोसँग हात धुने व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

भाइरल कन्जंक्टिभाइटिस भइहाले अत्तिनु पर्दैन । यो रोग १ देखि २ हप्तामा आफैँ निको हुन्छ । स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग गर्नुहुँदैन । 

घरमा स्याहार गर्दा ध्यान दिनु पर्ने कुराहरु

बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने ।

आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने।

आँखा छोइसकेपछि साबुन पानीले  मिचि मिचि राम्रोसँग हात धुने ।

संक्रमित व्यक्तिले प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने

बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने ।

संक्रमित व्यक्तिले  प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने।

प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने।

स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग गर्नु हुँदैन । दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा उपचारको लागि तुरुन्त स्वास्थ्य संस्था जानुपर्छ। 

Tags: