post-slider post-slider

गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी सञ्चालन

Image

काठमाडौं।  गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित जोरपाटीमा छाला सम्बन्धी पहिलो फार्मेसी सञ्चालनमा आएको छ।

छाला तथा कपालसम्बन्धी समस्या भएका व्यक्तिलाई लक्षित गरि आवरण स्किन क्लिनिकको सहकार्यमा एसएनएच (स्कीन, न्यूट्रिशन एण्ड हेल्थ) फार्मेसिको दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो। 

फार्मेसीबाट अन्तर्राष्ट्रिय स्तरको सेवा लिन सक्नेछन्। फार्मेसीमा विज्ञहरूबाट निःशुल्क काउन्सिलिङ र  अनलाइनमार्फत् ५० प्रतिशत छुटमा आवरणका विज्ञहरूसँग परामर्श पनि लिन सकिनेछ। साथै अन्तराष्ट्रिय स्तरका गुणस्तरीय औषधीहरूको नेपालभरी अनलाइन डेलिभरीको व्यवस्था पनि क्लिनिकमा उपलब्ध छ।

एसएनएचको पहिलो आउटलेट दरबारमार्गमा आवरण स्किनको सहकार्यमा सन् २०१६ देखि सञ्चालित छ।

Tags: