![post-slider](/assets/imgs/ads/Star-Hospital-Neutralizing-AntibodyTest_1270px-X-111px_GIF1.gif)
![post-slider](/assets/imgs/ads/GIF-Format.gif)
दादुरा खोप पुन प्राप्तिमा कमी, दादुरा प्रकोपको जोखिम: अध्ययन
![Image](/thumbnails/6921ebc9-bf67-46fd-8f9d-b46ace7883ee_unnamed.jpg)
युनिसेफ र डब्ल्यूएचओ द्वारा प्रकाशित नयाँ तथ्याङ्कले गत वर्षको तुलनामा २०२२ मा थप ४० लाख बालबालिकालाई खोप लगाइएको देखाएको छ। यस तथ्यांकले कोभिड १९ को परिणामस्वरूप खोप सेवामा भएको ऐतिहासिक अवरोधको सामना गर्न देशहरूले गरेको बढ्दो प्रयासलाई झल्काउँछ।
तर, सबै देशहरूमा रिकभरीको समान स्तर छैन। र यो प्रगति भारत, इन्डोनेसिया र म्यानमार जस्ता देशहरूमा ठूलो संख्यामा जीवित जन्म भएका बालबालिकालाई लगाइने खोप उच्च दरले प्रभावित भएको छ। महामारीको समयमा खोपको दरमा उल्लेखनीय गिरावट देखेका ७३ देशहरूमध्ये, १५ मात्र पूर्व महामारी स्तरमा फर्कन सफल भएका छन्।
सन् २०२२ मा डिप्थेरिया, टिटानस र पेर्टुसिस (डीटीपी३) खोपको तेस्रो डोज २ करोड ५ लाख बालबालिकामध्ये १ करोड ४३ लाखले भने कुनै पनि डोज नै पाएनन्, जसलाई सामान्यतया शून्य डोज बालबालिका भनिन्छ। सन् २०२१ मा १ करोड ८१ लाख शून्य डोज बालबालिकाको तुलनामा यो वर्ष केहि प्रगति भएको देखाउँछ। यो अझै पनि २०१९ मा रेकर्ड गरिएका १ करोड २९ हजार बालबालिकाभन्दा बढी हो।
अन्य खोपहरूको तुलनामा, दादुरा खोप पुन प्राप्ति त्यति सफल हुन सकेको छैन। गत वर्ष, आश्चर्यजनक रूपमा २ करोड १९ लाख मिलियन बालबालिकाले आफ्नो जीवनको पहिलो वर्षको नियमित दादुरा खोप प्राप्त गर्नबाट वञ्चित भए। जुन २०१९ को तुलनामा २७ लाख बढी हो। थप १ करोड ३३ हजार बालबालिकाले दोस्रो डोज प्राप्त गरेनन्। जसले गर्दा खोप नपुगेका समुदायका बालबालिकालाई दादुराको प्रकोपको जोखिममा छन्।