post-slider post-slider

डा. सन्तोष  पौडेललाई वीर अस्पतालमा पुनर्वहाली गर्न सर्वोच्च आदेश 

Image

काठमाडौं । सर्वोच्च अदालतले डा. सन्तोष  पौडेललाई वीर अस्पतालमा पुनर्वहाली गर्न आदेश दिएको छ। 

मंगलबार सर्वोच्चका न्यायाधिस सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले डा. सन्तोष  पौडेलका पक्षमा अन्तरिम आदेश दिएको हो। यो आदेशसँगै वीरको निर्देशकबाट हटाइएका डा.सन्तोष पौेडेललाई पुनः वीर अस्पतालमा पुनर्वहाली हुने बाटो खुलेको छ। 

स्वास्थ्यमन्त्री मोहन बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए। पौडेलले पुनर्वहालीको माग राख्दै  सर्वोच्चमा रिट दायर गरेका थिए।

 

Tags: