post-slider post-slider

चिकित्सक कुटपिटको विरोधमा पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

Image

काठमाडौं। चिकित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै आवासीय चिकित्सकहरुनै विरोध प्रदर्शनमा उत्रिएपछि सो अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो ।

प्रचलित कानुन बमोजिम चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कारबाही नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने चिकित्सक डा.दीक्षान्त आचार्यले चेतावनी दिए । उनले चिकित्सकलाई बन्धक बनाउने, कुटपिट गर्नेलाई कारबाही गर्ने काम नगरेको भन्दै सरकार र प्रहरी प्रशासनप्रति पनि आक्रोश व्यक्त गरे ।

चिकित्सक आचार्यले भने, ‘सोमबार पाटन अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा दुई जना बिरामीहरूको मृत्यु पश्चात् ड्युटीमा खटिएका डाक्टर र नर्समाथि कुटपिट तथा गालीगलौज, ज्यानको धम्की र एक छिन समयसम्म त्यहाँ बन्धक बनाएर जुन राखिएको थियो ।’

सो अस्पतालमा गत कात्तिक १८ गते शनिबार ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि कुटपिट गरी बन्धक बनाएको आन्दोलनरत चिकित्सकहरूको भनाइ छ । उनीहरूले चिकित्सकमाथि कुटपिट गर्ने कार्यमा संलग्नहरूलाई सरकारले कारबाही नगरेसम्म आफूहरूको आन्दोलन नरोकिने बताएका छन् ।

Tags: