post-slider post-slider

गम्भिर घाइते बिरामीलाई भेरी अस्पताल लगियो

Image

काठमाडौं । जाजरकोटको भूकम्पमा परि गम्भीर घाइते भएकाहरू उपचारका लागि नेपालगन्ज ल्याउन थालिएको छ । थप उपचारका लागि नेपालगन्ज रिफर गरिएका १७ जनालाई एम्बुलेन्स र हवाई उद्धार गरि भेरी अस्पतालमा ल्याइएको छ।

अहिलेसम्म सात जना घाइतेलाई  एम्बुलेन्सबाट र १० जनालाई हवाई जहाजबाट भेरी अस्पताल पुर्‍याइएका छ ।

उनीहरू सबैको उपचार सुरु गरिएको भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केत कुमार रिसालले बताए । 

अहिले भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाएर घाइतेको उपचारका लागि सैनिक र प्रहरी अस्पतालमा १०५ बेड खालि गरिएको छ। 

Tags: