post-slider post-slider

शहरमा उच्च रक्तचापका बिरामी बढि

Image

काठमाडौं । उच्च रक्तचापका बिरामी गाउँमा भन्दा शहरमा बढि छन्। 

नेपाल जनसाख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले उच्च रक्तचापका बिरामी गाउँमा भन्दा शहरमा बढि देखाउको छ। 

सर्वेक्षणका अनुसार शहरी क्षेत्रका १८ प्रतिशत महिलाहरुमा र ग्रामीण क्षेत्रका १७ प्रतिशत महिलाहरुमा उच्च रक्तचापका बिरामी छन्। पुरुषहरूमा यो भिन्नता अधिक छ।  शहरी क्षेत्रका २५ प्रतिशत पुरुषमा उच्च रक्तचाप रहेको छ भने ग्रामीण क्षेत्रका १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ। 

नेपालमा, १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ। एक औसत सिस्टोलिक रक्तचाप १४० वा सो भन्दा माथिको स्तर, औसत डाइलोस्टिक रक्तचाप स्तर ९० वा सो भन्दा माथि रहेको छ।  हाल उनीहरु उच्च रक्तचापको औषधि लिँदैछन्। 

उच्च रक्तचाप उमेरसँगै बढ्दै गएको छ। ७० वर्ष र सो भन्दा माथिका महिलाहरूमा ५२ प्रतिशत र ६५ वर्ष र सो भन्दा माथिका पुरुषहरूमा ४५ प्रतिशतमा उच्च रक्तचाप देखिएको छ। 

सबैभन्दा बढी उच्च रक्तचाप ७० वर्ष र सो भन्दा माथिका व्यक्तिहरूमा रहेको छ । उच्च रक्तचाप ५५ देखि ५९ वर्षको उमेर समुहमा महिलाहरुको तुलनामा पुरुषहरूमा बढि रहेको देखिएको अध्ययनमा उल्लेख छ । त्यसपछि उच्च रक्तचाप महिलाहरुमा पुरुषहरु भन्दा सामान्यतया बढी रहेको पाइएको छ।

कोशी प्रदेशमा उच्च रक्तचाप सबैभन्दा बढी (महिलामा २५ प्रतिशत र पुरुषमा २७ प्रतिशत पाइएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा १२ प्रतिशत महिलामा र १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप देखिएको छ।

उच्च रक्तचाप भएका मध्ये, १९ प्रतिशत महिला र १७ प्रतिशत पुरुषहरूले उच्च रक्तचाप नियन्त्रण गरेका छन्।र, उच्च रक्तचापको औषधि खादैछन्।

रक्तचाप मापन

नेपाल जनसाख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ मा छनौटमा परेका जम्मा घरपरिवारहरूको एक चौथाई घरपरिवारहरूको १५ बर्ष र सोभन्दा माथि उमेरका महिला र पुरुषहरूको सहमतिमा रक्तचाप मापन गरेको थियो । 

सर्वेक्षणमा तीन पटक रक्तचाप मापन गरिएको थियो, र दोस्रो र तेस्रो मापनको औसत अन्तर्राष्ट्रिय रूपमा सिफारिस गरिएको मापदण्ड अनुसार उच्च रक्तचापको परिणामहरू वर्गीकरण गर्न प्रयोग गरिएको थियो। उत्तरदाताहरूलाई तुरुन्तै लिखित नतिजाहरु उपलब्ध गराइयो, र उच्च रक्तचाप भएका व्यक्तिहरुलाई थप जाँचका लागि स्थानीय स्वास्थ्य संस्थाहरुमा सिफारिस गरियो ।

उच्च रक्तचापको इतिहास

नेपालमा, १५ वर्ष वा सोभन्दा माथि उमेरका ८० प्रतिशत महिला र ७२ प्रतिशत पुरुषको रक्तचाप कुनै न कुनै समयमा कुनै एक स्वास्थ्य कार्यकर्ताद्वारा मापन गरिएको थियो। 

१३ प्रतिशत महिला र १५ प्रतिशत पुरुषहरुलाई स्वास्थ्यकर्मीले उच्च रक्तचाप छ भनेका थियो। उच्च रक्तचाप भएको बताइएकामध्ये, ५९ प्रतिशत महिला र ५५ प्रतिशत पुरुषलाई रक्तचाप नियन्त्रण गर्ने औषधि सिफारिस गरिएको थियो । समग्रमा, ४७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुषले आफ्नो रक्तचाप नियन्त्रण गर्न औषधि सेवन गरेको बताएका थिए ।

 

Tags: