post-slider post-slider

चिसोका कारण थप तीन भुकम्प पीडितको मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो 

Image

काठमाडौं । जाजरकोटमा चिसोका कारण थप ३ जना भूकम्प पीडितको मृत्यु भएको छ।  यो संगै चिसोबाट ज्यान गुमाउने भूकम्प पीडितको संख्या १० पुगेको छ ।

चिसोका कारण शनिबार थप तीन जना पीडितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० पुगेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए।

गत कार्तिक १७ गते गएको भुकम्पका कारण घर भत्किएपछि त्रिपालमा बसोबास गर्दै आएका भूकम्प जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी र भेरी नगरपालिका वडा नं ४ तल्याउनका केशव भडेलको मंसिर २ गते मृत्यु भएको हो।

त्रिपाल बसाइ र अत्यधिक चिसोको काण उनीहरुको ज्यान गएको गाउँपालिका अध्यक्ष गिरीले बताए।

यसअघि बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका, नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपाल बहादुर रावल, नलगाड ४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका बयालाका ६० वर्षीय कर्ण विक र बारेकोट ६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको मृत्यु भइसकेको छ।

कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा गरी १५४ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

Tags: