post-slider post-slider

गैंडाको आक्रमणबाट एक घाइते

Image

नवलपुर । नवलपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैँडाले आक्रमण गरी कावासोती नगरपालिका –८ का ६५ वर्षीय पतिराम महतोलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

स्थानीय मनकामना सामुदायिक वनमा दाउरा खोज्ने क्रममा महतोलाई गैँडाले आक्रमण गरी घाइते बनाएको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । 

उनलाई तत्काल उपचारका लागि कालिगण्डकी नारायणी सामुदायिक अस्पताल लगिएकोमा त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा रेफर गरिएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए । महतोको दाहिने खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । 

Tags: