post-slider post-slider

थाइराइडलाई प्राकृतिक रूपमा नियन्त्रण गर्ने केहि उपाय  

Image

काठमाडौं । कहिलेकाहीँ धेरै प्रयास पछि पनि वजन घटाउन गाह्रो हुन्छ। विशेषगरी थाइराइडको समस्या भएकाहरूलाई यो समस्या बढि हुन्छ । 

शरीरमा थाइराइड हर्मोनको असन्तुलनका कारण तौल घटाउन गाह्रो हुन्छ । यस्तो अवस्थामा जीवनशैलीमा केही विशेष परिवर्तनहरू अपनाइयो भने थाइराइडलाई स्वाभाविक रूपमा नियन्त्रण गर्न सकिन्छ।  थाइराइडलाई प्राकृतिक रूपमा नियन्त्रण गर्ने केही टिप्स छन् । 

खानपानमा ध्यान दिने

थाइराइडलाई नियन्त्रणमा राख्न खानपानमा विशेष ध्यान दिनुपर्छ । यसका लागि आफ्नो आहारमा दूध, अण्डा, तरकारी, दानाजस्ता आयोडिनयुक्त चीजहरू समावेश गर्न सकिन्छ । यसबाहेक, ओमेगा ३ फ्याटी एसिड र मौसमी फलफूल र तरकारीहरू खाँदा पनि धेरै मद्दत गर्दछ।

केहि बिशेष चिजबाट टाढा रहने 

स्वस्थ आहारले शरीरमा हर्मोनको सन्तुलन कायम राख्न मद्दत गर्छ भने अस्वस्थकर खानपानले हर्मोनको असन्तुलन निम्त्याउन सक्छ।  केही चीजहरू जस्तै भुटेको र प्याकेज गरिएको खानाबाट टाढा रहनु महत्त्वपूर्ण छ। बदाम, भटमास, बन्दा गोभी, ब्रोकाउली, बन्दा गोभी जस्ता तरकारी खानु पनि हानिकारक हुन सक्छ। फलफूलहरू मध्ये, आरु र स्ट्रबेरीबाट बच्न महत्त्वपूर्ण छ।

पेटको स्वास्थ्यमा ध्यान दिने

थाइरोइडलाई नियन्त्रणमा राख्नको लागि पाचन प्रणालीमा विशेष ध्यान दिनुपर्छ। आफ्नो आहारमा फाइबरको मात्रा बढाउनुहोस् र प्रोबायोटिक्स युक्त चीजहरू प्रयोग गर्न सुरु गर्नुपर्छ । यसो गर्दा पाचन सम्बन्धी समस्या हुँदैन । साथै, आफ्नो आहारमा चिनी र ग्लुटेन युक्त खानाहरू समावेश गर्नु हुँदैन ।

महिनावारीको स्वास्थ्यलाई बेवास्ता नगर्ने 

थाइराइड स्वास्थ्यको लागि एस्ट्रोजेन हर्मोनलाई नियन्त्रणमा राख्नु पनि महत्त्वपूर्ण छ। यसका लागि मदिरा र एन्टिबायोटिकबाट दूरी कायम गर्नुपर्छ । साथै, यदि गर्भ चक्कीहरूलिइरहेको भए  गैर हर्मोनल चक्कीहरू लिन सुरु गर्नुपर्छ ।

तनावबाट टाढा रहने

तनावले शरीरमा हर्मोन सन्तुलनमा बाधा पुर्‍याउन सक्छ। जसका कारण शरीरमा थाइराइड हर्मोनको उत्पादन बढ्न सक्छ । त्यसैले तनावबाट टाढा रहनु जरुरी छ । यसका लागि ध्यान, प्रियजनहरूसँग समय बिताउन, श्वासप्रश्वास व्यायाम जस्ता गतिविधिहरू अपनाउन सकिन्छ ।

स्वस्थ्य जीवनशैली

जीवनशैलीले थाइराइड हर्मोनलाई नियन्त्रण गर्न पनि मद्दत गर्छ। त्यसकारण, हरेक दिन कम्तिमा ३० ३५ मिनेटको लागि व्यायाम गर्नुपर्छ । प्लाष्टिकको सट्टा स्टिल र सिसाका भाँडाहरू प्रयोग गर्नुपर्छ । समयमा सुत्ने र नियमित रूपमा ७ /८घण्टा सुत्ने । यसले थाइरोइडलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ।

 

Tags: