![post-slider](/assets/imgs/ads/Star-Hospital-Neutralizing-AntibodyTest_1270px-X-111px_GIF1.gif)
![post-slider](/assets/imgs/ads/GIF-Format.gif)
स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन
![Image](/thumbnails/0d69cb4e-4b7b-4ec0-b39e-d1a5d8127f63_swasthya_bima_b8GUk8sCRU.jpg)
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक संस्थाका स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन गरेको छ ।
बिमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी सेवा प्रदायक संस्थाहरुका स्वास्थ्य बिमा अन्तर्गतको ओपिडी र इमर्जेन्सी परिवर्तन गरेको हो ।
बोर्डका शाखा अधिकृत यशोदा अर्यालका अनुसार बोर्डले बिमामा आबद्ध बिमितलाई लक्षित गरी सेवा प्रदायक संस्थाहरुको स्वास्थ्य बिमाअन्तर्गतको ओपिडीमा ५० र इमर्जेन्सीमा एक सय रुपियाँ शुल्क तोकेको हो ।
बोर्डका शाखा अर्यालले ओपिडी र इमर्जेन्सी शुल्क तोकी बिमा व्यवस्थापन सूचना प्रणालीमा मिलाइएको जानकारी दिनुभयो । सोही अनुसार शुल्क लागू गर्न बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरु अनुरोध गरेको छ ।
यस अघि बोर्डले ओपिडी शुल्क दुई सय इमर्जेन्सीको शुल्क चार सय रुपियाँ तोकेको थियो ।