post-slider post-slider

मनोविज्ञान बिषय कसले पढ्ने ? 

Image

काठमाडौं । अहिले मनोविज्ञान बिषयप्रति विद्यार्थीहरुको रुचि बढ्दो छ । त्यसका कारण अनेक छन् । 

स्नातक पढ्नेहरु धेरैजसो रमाइलो हुन्छ, साथीले पढ्न लाग्यो भनेर आएका हुन्छन् । स्नाकोत्तरमा पनि केहि प्रतिशत यस्तै विद्यार्थी भेटिन्छन् । कोहि विदेश जाने तयारी गर्दा गर्दै भर्ना गर्ने पनि छन् । केहि प्रतिशत आफु समस्यासँग जुधिरहेका हुन्छन्, आफै मनोविज्ञान पढेपछि समस्यालाई हल गर्न सक्छु भनेर आउने पनि छन् । यस्ता फरक प्रकृतीका विद्यार्थीलाई पढाउन गाह्रो हुन्छ । 

कोहि परिवारमा कोहि बिरामी भयो उसलाई सम्हाल्न सक्छु भन्ने हिसाबले मनोविज्ञान पढ्न आउँछन् । तर सबै मान्छे मनोविज्ञानको लागी बनेका हुँदैनन् । त्यसैले पढ्न आउनु अघि आफ्नो क्षमता आफ्नो भावनालाई कसरी सम्हाल्न सक्छु भन्ने आफुलाई थाहा हुनुपर्छ । सबैभन्दा पहिला आफुलाई बुझ्नुपर्छ । आफैलाई नबुझेको व्यक्तिले अरुलाई कसरी बुझ्ने । त्यसैले अहिले यो एक समस्याको रुपमा खडा भएको छ । 

मलाई समस्या भयो । म पढेर ह्याण्डल गर्छु भन्ने सोच लिएर मनोविज्ञान पढ्न जानु हुँदैन । आफ्नो भावनालाई बुझ्न सक्ने मान्छेले मात्र मनोविज्ञान पढ्नुपर्छ । मनोविज्ञान अन्य थोउरी बिषय पढेजस्तो होइ्न । 

कक्षाकोठामा प्रेजेनटेसज गर्दा सत्य केशहरु पनि देखाइन्छ । एउटा कक्षामा कन्भर्सन पढाउँदा त्यसको यथार्थ भिडियो खिचेर देखाउँदा केहि विद्यार्थीहरु हेर्न नसकेर भागाभाग भयो । जसले हेरेनन् उनीहरुले त्यो मिस गरे । केहि विद्याथीहरुले समस्या नै हेर्न सक्दैनन् । उनीहरुले भविष्यमा कसरी सेवा दिन्छन्? 

जसले आफ्नो भावनालाई कठोर बनाउन सक्दैनन् । उनीहरु मजोविज्ञान नपढ्नु नै ठिक हुन्छ । 

त्यस्तै साइन एण्ड सिमट्रम पढाउँदा पनि उनीहरुले हेर्न सक्दैनन् । कोहि त्यहि रुन थाल्छन् कोहि बेहोस हुन्छन् । त्यसैले मनोविज्ञान पढ्नु भन्दा पहिला बुझ्न जरुरी छ । 

साइकोलोजी पढ्नु भन्दा अघिको ओरिन्टेसनको कमीले पनि यस्तो भएको हुनसक्छ । साइकोलोजी पढ्दा कस्ता समस्याहरु ह्याण्डल गर्नुपर्छ ।  राम्रोसँग ओरेन्ट भएर मात्र मनोबिज्ञान पढ्नुपर्छ । 

(त्रिभुवन विश्वविद्यालय, केन्द्रिय मनोविज्ञान विभागकी प्रमुख शर्मासँग जनस्वास्थ्य छलफल समुहले गरेको मनोविज्ञान बिषयमा बढ्दो आकर्षक कस्तो गुणस्तर शिर्षकमा गरेको छलफलको संम्पादित अंश ) 

 

Tags: