post-slider post-slider

४ महिनादेखि सम्पर्कविहीन प्रहरी अस्पतालका २ डाक्टरलाई ७ दिनभित्र हाजिर हुन गृहको निर्देशन

Image

काठमाडौं । गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल र नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। 

मन्त्रालयले आज सुचना जारि गरी सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालका प्राविधिक प्रहरी निरीक्षक डा केशव श्रेष्ठ र नेपाल प्रहरी अस्पतालको सर्जिकल शाखामा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा बालकृष्ण ज्ञवालीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। उनीहरु चार महिनादेखि सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ। 

प्रहरी कर्मचारीहरु आफूखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम २ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत पनि कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन सूचना प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ। 

 

Tags: