post-slider post-slider

डेंगुका कारण झापामा थप एक महिलाको मृत्यु

Image

काठमाडौं । डेंगुका कारण झापामा थप एक महिलाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका –५ मा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

झापामा बहालमा बस्ने भारत घर भएकी करिव ३५ वर्षीया महिलाको डेंगुको संक्रमणबाट आज मुत्यु भएको हो । 

डेंगु संक्रमण भएको पुष्टि भएपछि उपचारका लागि भारतको सिलगुढी लैजाँदै गर्दा  महिलाको मृत्यु भएको हो । 

डेंगुका कारण साउन यता झापामा ६ जनाको मृत्यु भइसकेको छ । जिल्लामा डेंगु संक्रमितको संख्या २ हजार ४३९ रहेको छ । 

Tags: