![post-slider](/assets/imgs/ads/Star-Hospital-Neutralizing-AntibodyTest_1270px-X-111px_GIF1.gif)
![post-slider](/assets/imgs/ads/GIF-Format.gif)
मानसिक स्वास्थ्य समस्याका औषधि बिक्रीमा कडाइ
![Image](/thumbnails/00eeb6ff-9d42-4403-aa61-f702b69aaf2e_gp-011.jpg)
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले प्रेस्किप्सनबिना साइक्याटिक (मानसिक स्वास्थ्य समस्याका) औषधि बिक्रीवितरण गरेको पाइएमा फार्मेसी सिल गर्ने चेतावनी दिएको छ ।
नगरपालिका अन्तर्गत रहेका औषधि पसल तथा क्लिनिकहरुबाट चिकित्सकको सिफारिस विना साइक्याट्रिक औषधिहरु लागु औषधिको रुपमा बिक्रीवितरण भएको भन्ने सुचना आएकोले नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
विज्ञप्तीमा लागु औषधि नियन्त्रण गर्न अपरिहार्य भएकाले यदि प्रेस्किप्सनबिना साइक्याट्रिक औषधि विक्रीवितरण भएमा कानुन बमोजिम कडा भन्दा कडा कारवाही गरिने र औषधि पसल क्लिनिकलाई सिल गरिने उल्लेख छ ।
साथै, नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका अस्पताल, औषधि पसल, क्लिनिकलाई चिकित्सा र आयुर्वेदिक औषधि पसल नगरपालिका कार्यालयमा सूचिकृत गराई व्यावसाय दर्ता गरेर मात्र सञ्चालन गर्न सबैलाई निर्देशन दिएको छ । व्यावसाय दर्ता नगरी सञ्चालन गरेमा नियमानुसार कारवाही गरिने पनि नगरपालिकाले जनाएको छ ।