post-slider post-slider

 सरकारी सेवामा प्रवेश गर्न ४५ वर्ष सम्मको उमेर हद कायम गर्न चिकित्सक संघको माग

Image

काठमाडौं। नेपाल चिकित्सक संघले चिकित्सकलाई सरकारी सेवामा प्रवेशका लागि ४५ वर्ष सम्मको उमेर हद  कायम गर्न माग गरेको छ। विभिन्न प्रदेशहरुमा विज्ञापन गर्दा ४० वर्ष उमेरहद तोकेको भन्दै संघले उमेर हदलाई सच्याई ४५ वर्ष कायम गर्न माग गरेको छ। 

संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा विभिन्न प्रदेशहरुमा विज्ञापन गर्दा ४० वर्ष उमेरहद तोकेको भन्दै संघले उमेर हदलाई सच्याई ४५ वर्ष कायम गर्न माग गरेको हुन्। 

संघले  संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ को दफा १८ मा उम्मेदवार हुनका लागि योग्यता को उपदफा (ग) बमोजिम पुरूष उम्मेदवारको हकमा ३५ वर्ष र महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर पूरा नभएको मापदण्ड सम्बन्धी नेपाल चिकित्सक संघको  ध्यानाकर्षण भएको जनाएको छ। 

विज्ञप्ति अनुसार हालै स्वास्थ्य सेवालाई समेत निजामति सेवामा समावेश गराउने गरी संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ मा स्वास्थ्य सेवामा प्रवेश गर्न इच्छुक अधिकृत स्तरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको उमेर हद स्वास्थ्य सेवा ऐन २०५३ मा तोकिए बमोजिम अर्थात ४५ वर्षसम्म कायम हुनु पर्ने प्रावधान विपरित विभिन्न प्रदेश लोक सेवा आयोगबाट दरखास्त आह्वान  गरिएको छ। 

‘यसले स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निरूत्साहित गराएको तथा स्वास्थ्य सेवा ऐन २०५३ को भावना र मर्म विपरित साथै अवैज्ञानिक रूपमा उमेरको हद कायम गरिएको हुनाले देशभरका लोक सेवा आयोग तथा स्थानीय तहलाई अविलम्ब पत्राचार गरी प्रकाशित विज्ञापनमा संशोधन गर्न संघले माग गरेको छ। 

साथै आगामी  दिनमा प्रकाशित गरिने पदपूर्ति सम्बन्धी विज्ञापनमा स्वास्थ्य सेवा ऐन बमोजिम नै उमेर हद कायम रहने व्यवस्था मिलाउन  नेपाल सरकार तथा सरोकारवाला निकायमा ध्यानाकर्षण गराउँदा समेत उमेर हदलाई नसच्चाई हालै मधेश प्रदेशबाट समेत विज्ञापन प्रकाशित गरिनु समग्र चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा समर्पित हुने चिकित्सकहरूलाई निरूत्साहित तुल्याएको संघले उल्लेख गरेको छ।

Tags: