post-slider post-slider

नक्कली डाक्टर भनेर समातिएका सक्कली डा रञ्जित कुमार यादव छुटे 

Image

काठमाडौं। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली डाक्टर भनेर समातिएका सक्कली डा. रञ्जित कुमार यादवलाई छाडिएको छ। 

ब्युरोले आज प्रेस विज्ञप्ति जार गरि डा. यादवलाई छाडिएको जानकारी दिएको हो। 

‘अपरेसन फोक्सट्रोट’ नाम दिएर एसएलसी र प्लस टूका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका ‘नक्कली’ डाक्टरहरूमाथि अपरेसन चलाउने क्रममा उनी पनि समातिएका थिए । 

बिज्ञप्तीमा लेखिएको छ, ‘ मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक रञ्जित कुमार यादव, विश्वनाथ यादवको छोराको दर्ता प्रमाण पत्र र आवेदन फारम भूलवश संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको जानकारी गराउँदछु।’ 

उनको प्राप्त पत्र र प्रमाण कागजातहरु अनुसार हाल पक्राउ परेका डा रञ्जित कुमार यादव वास्तविक प्रतिवादी नभएको एकीन हुन आएको हुँदा उनलाई उक्त  जमानीमा छाडिएको बिज्ञप्तिमा उल्लेख छ। 

महोत्तरी, पिपरा ८ बस्ने विश्वनाथ यादवका छोरा वर्ष ३२ को रञ्जित कुमार यादवलाई २५ गते जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका, लोकन्थली बाट  पक्राउ गरिएको थियो। 

काठमाडौं जिल्ला अदालतबाट २६ गते पक्राउ पूर्जी स्वीकृति गरी पक्राउ मितिबाट लागू हुने गरी प्रथम पटक पाँच दिनको म्याद लिई ब्यूरोको हिरासतमा राखी अनुसन्धान भइरहेको थियो। 

 

Tags: