post-slider post-slider

दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु

Image

कृष्णनगर ।  कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भलवाड जिनुवामा एकै परिवारका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। 

सर्पदंशका कारण एक जनाको अवस्था गम्भीर छ। जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो। 

गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा तीन वर्षीया रीतिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना नेत्रबहादुर रानाले जानकारी दिए। भैरहवा मेडिकल कलेजमा इशिकाको उपचार भइरहेको छ।

 रासस

Tags: