post-slider post-slider

दाङमा डेङ्गु सङ्क्रमणबाट मृत्यु

Image

दाङ । दाङको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । 

मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो ।

उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईको भनाइ छ । डाँगीले श्रीकृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँथे। 

रासस

Tags: