post-slider post-slider

बागमती एक वर्षमा एघार हजार बाढीलाई  डेङ्गु संक्रमण

Image

काठमाडौं ।  बागमती प्रदेशमा डेङ्गु  सङ्क्रमितको सङ्ख्या एघार हजार नाघेको छ । 

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म प्रदेशका १३ जिल्लामा ११  हजार ३२८ जनामा डेङ्गु  सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा प्रदेशमा २८ जनामा डेङ्गु पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्र

देशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालसम्म सबैभन्दा बढी धादिङमा तीन हजार ७६६ जनामा डेङ्गु पुष्टि भएको छ । 

काठमाडौँमा दुई हजार ९०७, ललितपुर एक हजार ३५४, मकवानपुर ७८२, चितवन एक हजार ५७३, भक्तपुर ५३०, नुवाकोट १०४, काभ्रेपलाञ्चोक १७८, रामेछाप ५०, सिन्धुली ३४, सिन्धुपाल्चोक २६, दोलखा १८ जनामा र सबैभन्दा कम रसुवामा छ जनामा डेङ्गु पुष्टि भएको छ ।

डेङ्गु सङ्क्रमणका कारण हालसम्म धादिङ र ललितपुरका दुई/दुई जना, काभ्रेपलाञ्चोक र मकवानपुरका एक/एक जनासहित छ जनाको मृत्यु भएको मन्त्रालयका सूचना अधिकारी डा। रविन भुसालले जानकारी दिए । 

Tags: