post-slider post-slider

चिसोका कारण भूकम्पपीडित सुत्केरीको मृत्यु

Image

भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका ८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ। 

स्थानीय टेकबहादुर नेपालीले गए राति चिसोबाट चदाराको मृत्यु भएको जानकारी दिए। उनी सुत्केरी भएको करीब महीना दिन हुन लागेको थियो। उनले छोरीलाई जन्म दिएकी थिइन्।

नलगाड(८ का वडाध्यक्ष तेजबहादुर सिंहले पनि चदराको मृत्यु भएको बताएका छन्। “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ,” वडाध्यक्ष सिंहले भने।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पमा परी १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका थिए। 

भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार ४५५ घर आंशिक रूपमा क्षति भएको छ। 

रासस

Tags: