post-slider post-slider

तृशिशु मृत्यु दर शून्यमा झार्नुपर्छ : स्वास्थ्य मन्त्री सिंखडा

Image

पर्वत । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले मातृशिशु मृत्यु दर शून्यमा झार्नुपर्ने बताइन् । 

पर्वत जिल्ला अस्पतालमा निर्माण गरिएको आमा प्रसुती प्रतिक्षा गृह आमा घरको समुद्घाटन समारोह कार्यक्रममा स्वास्थ्य मन्त्रीले यस्तो बताएकी हुन् ।  

पर्वत अस्पतालमा टाढाबाट प्रसुतीका लागि आउने महिला दिदीबहिनीहरुलाई सुरक्षित सुत्केरी व्यवस्थाका लागि आमा प्रसुती प्रतिक्षा गृह आमा घरको निर्माण गरिएको छ । स्वास्थ्य मन्त्री सिंखडाले आमा घरले आगामी दिनमा महिलाहरुलाई अस्पतालको स्वास्थ्य सेवा प्रति विश्वास दिलाउन सक्ने गरी राम्रो सेवा दिनुपर्ने बताए । 

स्वास्थ्य मन्त्री सिंखडाले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार र व्यवस्थित बनाउन आफूले हर प्रयास गरिरहेको बताइन् ।  ‘गण्डकी प्रदेशमा जिल्ला अस्पताल स्वास्थ्य रिफर सेन्टर जस्ता थिए । अहिले ११ वटै जिल्ला अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट नियुक्ति गरिएको छ,’ उनले भनिन्, ‘प्रदेशमा ९०० जना डायलाइसिसका विरामी प्रतिक्षामा बसेको अवस्था थियो । अहिले त्यो दर ३०० मा झरेको छ ।’ अझ वास्तविक डाटा आउदा झनै कम आउने उनले बताइन् । 

उनका अनुसार विगत ३२ वर्षदेखि स्तरोन्नती हुन नसकेका जिल्ला अस्पताललाई कम्तिमा पनि एक सय जनरल वेडको अस्पताल बनाउनुपर्छ भनी मन्त्री क्याविनेटमा प्रस्ताव गरिएको छ ।

स्वास्थ्य मन्त्री सिंखडाले सुशासनलाई जोड दिँदै स्वास्थ्य क्षेत्रको विकासका लागि सुशासन र भ्रष्टचार रोक्ने हो भने बजेटको अभाव नभएको बताइन्। उनले गण्डकी प्रदेशको नागरिकहरु स्वास्थ्य सेवाका लागि भनी खैरेनी काटेर उता जानु नपर्ने गरी स्वास्थ्य क्षेत्रको विकास र विस्तार गर्न आफू प्रतिवद्ध रहेको उल्लेख समेत गरे । 

उनका अनुसार आमा घरमा प्रसुतीका लागि आउने महिला दिदीबहिनीहरुको लागि निःशुल्क खान व्यवस्था छ । सुत्केरी हुनुभन्दा पहिले र पछि पनि आमा घरमा खाने बस्ने सुविधा हुँदा गरिब र सीमान्तकृत महिलाहरुलाई स्वास्थ्य सेवा लिन सहज हुनेछ । 

हाल एक पटकमा ४ जनासम्म सुत्केरी दिदीबहिनीलाई खान व्यवस्था गरिएको छ भने पछि यसलाई सेवा विस्तार गर्दै जाने अस्पताल सञ्चालक समितिको अध्यक्ष शंकर गिरीले बताए । 

आमा घर निर्माणपछि सुत्केरी अवस्थामा स्वास्थ्य उच्च जोखिममा रहेका दिदीबहिनीहरुले निःशुल्क खाने बस्ने र स्वास्थ्य सेवा पाउँदा मातृशिशु मृत्युदर समेत घट्ने जिल्ला अस्पतालका प्रमुख डा हेमन्त बास्तोलाले बताए । 

डा बास्तोलाका अनुसार जिल्ला अस्पतालमा गत वर्ष सुत्केरी स्वास्थ्य सेवा लिनेको सङख्या तीन सय ८७ जना थियो । सोमध्ये ९७ जनाको अप्रेशन गर्नु परेको थियो । त्यसैगरी यस आर्थिक वर्षमा अस्पतालमा सुत्केरी स्वास्थ्य सेवा लिनेको सङ्ख्या १४० रहेको छ । यसमध्ये ३९ जनाको अप्रेशन गरिएको हो ।

Tags: