post-slider post-slider

डेंगु नियन्त्रणमा संवेदनशील बन्न र नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न आयोगको माग 

Image

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई डेंगु रोग नियन्त्रणमा संवेदनशील बन, नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ । 

आयोगले आज एक विज्ञप्ति मार्फत देशव्यापी रुपमा फैलिँदै गइरहेको डेंगुका कारण नागरिकको स्वास्थ्य र जीवनको अधिकारमा पर्न गएको असरप्रति राष्ट्रिय मानव  ध्यानाकर्षण गराएको हो।

एक महिनामा संक्रमित सङ्ख्या बाह्र हजार नाघिसकेको र आठ जनाको ज्यान समेत गएको तथ्याङ्क सार्वजनिक भएको छ । डेंगु सङ्क्रमणले महामारीको रुप लिन सक्नेतर्फ सचेत रहँदै नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्न एवम् जीवनको अधिकार सुनिश्चित गर्न आयोगको माग छ । 

तीनै तहका सरकारको समन्वय र सहकार्यमा डेगु नियन्त्रण र रोकथामका लागि पर्याप्त जनशक्ति परिचालन गरि डेगु फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट अभियान, सरसफाई, जनचेतना लगायतका कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोगले तीनै तहका सरकारलाई   आग्रह गरेको छ। 

Tags: