post-slider post-slider

भेरी अस्पतालमा उपचाररत ४१ जना खतरामुक्त 

Image

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी घाइते भएका ४१ जना नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छन् ।

भूकम्पपीडित  ४३ जना घाइतेलाई नेपालगन्ज ल्याइएकोमा एक जना निको भएर घर फर्किए, एक जनाको ल्याउँदा ल्याउँदै मृत्यु भएको र ४१ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।

भेरी अस्पतालमा उपचाररत सात जनाको सफल शल्यक्रिया गरिएको छ ।  अहिले उनीहरूको अवस्था सामान्य रहेको भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केत कुमार रिसालले बताए । एक गर्भवती महिलाको बच्चा पेटमा नै मरेकाले उहाँको नर्मल डेलिभरी गराई मृत बच्चाको अन्तिम संस्कार गरिएको प्रमुख उनले जानकारी दिए ।

अस्पतालमा उपचाररत ४१ जना घाइतेको स्वास्थ्य सुधार भइरहेको उनले बताए । अहिले एक जनालाई आइसीयुमा राखेर उपचार गरिए पनि उनी  खतरामुक्त रहेको को उनले जानकारी दिए । 

 

Tags: