post-slider post-slider

प्रतिजैविक औषधिमा प्याकिङको लेबलमा रातो धर्का राख्न निर्देशन

Image

काठमाडौं। औषधि व्यवस्था विभागले प्रतिजैविक औषधि प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ।

विभागले सूचना जारी गर्दै प्रतिजैविक वर्गको औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा ६ महिनापछि उत्पादन हुने औषधिहरूमा अनिवार्य रुपमा प्याकिङको लेबलमा रातो धर्का राख्न सम्बन्धित सरोकारवालालाई निर्देशन दिएको हो।

प्रतिजैविक औषधिहरूको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोध एन्टिमाइक्रोबियल प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का लगाउने अभ्यास हुँदै आएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

Tags: