post-slider post-slider

अहिले देखिइरहेको आँखा पाक्ने रोगबाट कसरी जोगिने? 

Image

काठमाडौं। आँखा रातो हुने समस्या एकदमै सामान्य तर अहिले नेपालमा बढि देखिएको समस्या हो। यसलाई आँखा पाक्ने रोग वा ‘एक्युट कन्जङटिभाइटिस’ भनिन्छ। 

यो रोगले आँखाको सेतो भाग भन्दा अगाडी र आँखाको ढकनी भन्दा अगाडी भएको एउटा झिल्लि जस्तो तहलाई असर गर्छ। 

यो रोगका कारणहरु धेरै छन् । ति मध्ये एक इन्फेक्सन एक हो। इन्फेक्सन भनेको आँखामा  सुक्ष्म जीवाणुले असर गर्ने जस्तै ब्याक्टेरिया भाइरस अथवा प्रोटोजेवा पर्छ। त्यसबाहेक आँखामा एलर्जी धुलो धुवाँको असर र रसायनिक पदार्थ आँखामा  परे यो समस्या हुन सक्छ । 

यो रोगका लक्षणहरु मध्ये मुख्य लक्षणमा आँखा पोल्ने बिझाउने आशु धेरै आउने आँखा रातो देखिने, सुन्निने जस्तो हुन सक्छ। 

बिहान उठ्दा आँखाको परेलाहरू टाँसिएको हुनसक्छ । दैनिक भन्दा धेरै कचेप्रा वा चिप्रा लाग्न सक्छ । 

कचेप्रा वा चिप्रा कसैमा तरल पदार्थ अर्थात पानी जस्तो हुन्छ भने कसैमा पिप जस्तो पहेलो पनि हुन सक्छ । कसैमा रेसाजस्तो तन्किने पनि हुन्छ।
 
यस्ता लक्षणहरु आँखा पाक्नुको कारण अनुसार फरक पर्छ। 

आँखा पाक्ने रोग सुरु भएपछि एक देखि दुई हप्तामा आफै विस्तार कम हुँदै जान्छ। तर मुख्य समस्या भनेको संक्रमण हुनबाट कसरी रोक्ने र आफुलाई कसरी जोगाउने भन्ने हो। 

यो रोग आँखा पाकेको व्यक्तिलाई हरेर सर्छ भन्ने भ्रम पनि छ । तर यो गलत हो। आँखा पाक्ने माध्यम सर्ने भनेको आशु हो। त्यसकारण पाकेको आँखालाई छुनु हुदैन। छोइ सकेपछि साबुन पानीले हात धुनुपर्छ। 

आशु पुछ्दा रुमालको प्रयोग गर्नुहुँदैन। त्यसको सट्टा डिस्पोजेवल टिस्यु प्रयोग गर्न सकिन्छ। जुन एउटा आँखा पुछेर अर्कोमा प्रयोग गर्नु हुँदैन । 

यो रोगको उपचार गर्न सुरुमा रोगको कारण थाहा पाउनुपर्छ। विशेषज्ञको सल्लाह अनुसारको औषधि सुझाउँछन्। चिकित्सकले एण्टिव्याक्टोरियएल, एण्टिभाइरल र एण्टिइन्फ्लामेटरी दिन सक्छन्। 

चिकित्सकको सल्लाह अनुसार सहि समयमा औषधिको प्रयोग गर्नुपर्छ। 

त्यस्तै आइस र बरफले आँखा सेकाउन सिकाइन्छ। 

चस्मा लगाएर यसको समाधान हुन्छ भन्ने गरिन्छ । त्यसमा केहि मात्र सत्यता छ । यो समस्या भएमा बत्तीमा हेर्न समस्या हुन्छ । चस्मा लगाउँदा त्यसले केहि सहज महसुस हुनसक्छ । धुलो धुवाँबाट जोगाउन सकिन्छ। 

(नेत्र रोग विशेषज्ञ डा.पोखरेल तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत छन्।)

 

Tags: