post-slider post-slider

डा दाहाललाई केएमसी प्रवेश गर्न नदिएकोप्रति चिकित्सक संघको आपत्ति

Image

काठमाडौं। नेपाल चिकित्सक संघले आवासीय चिकित्सक डा विशद दाहाललाई केयूले निलम्बन स्थगन गरिसक्दा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) ले प्रवेश गर्न रोक लगाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले बिहीबार एक विज्ञप्ती जारी गर्दै संघका आजीवन सदस्य डा दाहालको निलम्बन स्थगनको पत्र केएमसीमा पुगे पनि डा दाहाललाई प्रवेश गर्न नदिएको भन्दै ध्यानाकर्षण भएको बताएका हुन्। 

संघले स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरुलाई शैक्षिक गतिविधि बाहेक पिडादायिक रुपमा स्वास्थ्य शिविरमा मात्र खट्न लगाउने चिकित्सा शिक्षा आयोगको ऐन विपरित समेत भएको जनाएको छ। 

डा दाहाललाई  निलम्बन गर्नुअघि कलेज प्रशासनले कुनै पनि स्पष्टिकरणको अवसर समेत नदिइएको भन्दै संघले आपत्ति जनाएको छ। 

संघले डा दाहालको निलम्बन अस्पतालमा अध्ययनरत आवासीय चिकित्सकमाथि नै लक्षित गर्दै गरिएको घटना भएको भन्दै सो घटनाको सत्यतथ्य छानबिन गर्न र निलम्बनमा परेका डा दाहाललाई न्याय प्रदान गर्न पनि माग गरेको छ। 

Tags: