post-slider post-slider

एनएमएको दुईदिने तेस्रो राष्ट्रिय सम्मेलन आजबाट सुरु 

Image

काठमाडौं ।  ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धनः अवसर र चुनौती’ नारा सहित नेपाल चिकित्सक संघ (एनएमए) को तेस्रो राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । 

एनएमएको दुई दिने सम्मेलन आज (आइतबार) विहानबाट कार्की बैक्वेटमा सुरु भएको हो । उक्त सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गर्ने भएका छन् । 

सम्मेलनमा विभिन्न ७ विषयमाथि प्रवुद्धवर्ग, नेतृत्व र सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्श हुने एनएमएले जनाएको छ । 

 एनएमएको अनुसार दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, प्रति जैविक प्रतिरोध औषधीको उचित प्रयोग र समान सेवाका लागि स्वास्थ्य प्रणालीमाथि बहस हुनेछ । 

जसमा पूर्व स्वास्थ्यमन्त्री तथा सांसद गगनकुमार थापा, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अन्जनीकुमार झा, नेपाल मेडिकल काउन्सिलका निवर्तमान अध्यक्ष डा. भगवान कोइराला, प्रा.डा. अर्जुन कार्की, स्वास्थ्य, अर्थ मन्त्रालयका उच्च अधिकारीहरु, प्रदेशका स्वास्थ्य सचिवहरु, स्थानीय निकायका प्रतिनिधिहरु, निजी मेडिकल कलेज, निजी अस्पताललगायतका उच्च पदस्थहरुले बहस गर्नेछन् ।

Tags: