post-slider post-slider

स्वास्थ्य शिविरबाट तीन सयजना लाभान्वित

Image

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट तीन सय चार सेवाग्राही लाभान्वित भएका छन् । उक्त शिविर शुक्लाफाँटा १० झरालीस्थित स्वास्थ्यचौकीमा वडा कार्यालयले आयोजना गरेको हो । 

स्वास्थ्य शिविरमा छाला, आँखा, हाडजोर्नीलगायत रोगको उपचार गरिएको थियो । स्वास्थ्य चौकीका सिनियर अहेब लोकेन्द्र ऐरीका अनुसार दुई सय १५ जनाको आँखा परीक्षण गर्दा २३ जनामा मोतियाबिन्दु देखिएको छ । उनले भने, “मोतियाबिन्दु देखिएकालाई निः शुल्क शल्यक्रियाका लागि धनगढी पठाइएको छ ।”

शिविरमा आँखासम्बन्धी दुई सय १४ जनाले तथा छाला, हड्डी, छाती र श्वासप्रश्वाससम्बन्धी ८६ जनाले सेवा लिएका थिए । आँखाको जाँच गरेका ५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । उपचारमा डा।गणेश फुलारा, डा.अनिल खड्का, डा.पुजन चापागाईँलगायतको टोली खटिएको शुक्लाफाँटा १० का वडाध्यक्ष लालबहादुर ऐरले जानकारी दिए । “जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउनका लागि शिविर सञ्चालन गरिएको हो”, उनले भने, “आर्थिक अवस्था कमजोर भएका स्थानीयवासी गाउँमै स्वास्थ्य सेवा पाउँदा खुसी छन् ।” 

रासस  

Tags: