post-slider post-slider

जाजरकोटमा चिसोका कारण एक सुत्केरीको मृत्यु

Image

काठमाडौं । जाजरकोटमा चिसोका कारण एक सुत्केरीको मृत्यु भएको छ। 

जाजरकोट कुशे गाउँपालिका ९, घर्ती गाउँकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार विहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। त्रिपालमा बस्दै आएकी उनको मृत्यु चिसोकै कारण भएको अध्यक्ष बस्नेतले बताए। 
 
उनले मंसिर १७ गते दुई छोरालाई जन्माएकी थिइन्।  कात्तिक १७ गते मध्यरात गएको भूकम्पले घर चर्किएपछि त्रिपालमुनी बस्दै आएपछि चिसो छेक्ने न्यानो कपडा नहुँदा, पोषिलो खानेकुरा नपाउँदा कल्पनाको मृत्यु भएको हो। 

भूकम्पले घरवासबिहीन भएपछि पालमुनी रात बिताउने गरेकी कल्पनाले शिशुलाई सेकाउने आगो, पोषण युक्त खानेकुराको अभावका कारण कष्टपूर्ण जीवन बिताउनु परेको थियो।

यसअघि चिसोकै कारण तीन बालबालिकासहित २९ जना जाजरकोट र ५ जना रुकुम पश्चिमका गरी ३४ जनाको ज्यान गइसकेको छ।

 

Tags: