post-slider post-slider

सरकारले भदौ २७ गतेदेखि एचपीभि खोप वितरण गर्ने

Image

काठमाडौं। सरकारले पाठेघर क्यान्सरको जोखिम कम गर्न पाठेघरको मुखको क्यान्सरको एक कारक ह्युम प्यापिलोमा भाइरस विरुद्धको खोप एचपीभि खोप वितरण गर्ने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही भदौ २७ गतेदेखि ३० गतेसम्म सात जिल्लाका १४ वर्षका किशोरीलाई लक्षित गरि क्यान्सर विरुद्धको खोप वितरण गर्ने लागेको हो । तर, सरकारले वितरण गर्न लागेको खोप १४ वर्षका किशोरीका लागी प्रर्याप्त  नभएको स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार सात जिल्लामा १४ वर्ष उमेरका किशोरीका लागी ४५ हजार खोप आवश्यक पर्छ । तर अहिले नौ हजार जनालाई मात्र पुग्ने खोप छ । यसपटक १९ हजार ९९८ खोप वितरण गर्न लागेको छ । एचपीभि खोप  (सेकोलिन) ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने भएकाले नौ हजार किशोरीलाई मात्र खोप लगाइने योजना छ । 

उक्त खोप कार्यक्रम कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा सञ्चालन हुने लागेको हो ।

खोपको दोस्रो मात्रा पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाट लगाउनुपर्ने खोप शाखाले जनाएको छ । एचपीभि  खोप दुईमात्रा पुरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशत सम्म सुरक्षा प्रदान हुने विशेषज्ञहरूले दाबी गरेका छन् ।

सरकारले सन् २०१५— ०१६ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभि खोपको कास्की र चितवनमा पाइलोटिङ गरेको थियो । 

 

Tags: