post-slider post-slider

गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी गरियो

Image

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको  लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको छ । शहीद गंगालाख राष्ट्रिय हृदय केन्द्रमा मन्त्री श्रेष्ठको मुटुको सर्जरी गरिएको हो। 

छातीमा असहज महसुस भएपछि उनलाई हिजो शहीद गंगालाल हृदयरोग केन्द्रमा  लगिएको हो । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको सचिवालयले जनाएको छ ।

अहिले उनको स्वास्थ अवस्था स्थिर रहेको सचिवालयले जानकारी दिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका छन् । 

Tags: