post-slider post-slider

सही जीवन साथी कसरी छनौट गर्ने?  

Image

भनिन्छ जीवनको सबैभन्दा ठूलो निर्णय भनेको आफ्नो जीवनसाथी रोज्नु हो । किनकि जीवनसाथी जीवनमा एक मात्र व्यक्ति हो जसले जीवनभर साथ दिन्छ। यस्तो अवस्थामा यदि हतारमा गलत निर्णय लिए यसले मानसिक अवस्थालाई पनि असर गर्न सक्छ। त्यसैले सम्बन्धलाई समय दिनु र आफ्नो पार्टनर बुझ्नु जरुरी छ । त्यसपछि मात्रै जीवनभर सँगै बस्ने निर्णय गर्नुपर्छ । 

सही जीवन साथी रोज्नु किन महत्त्वपूर्ण छ ?

कसैलाई आफ्नो पार्टनरको रूपमा छान्नु भनेको त्यो व्यक्तिसँग शारीरिक, मानसिक र भावनात्मक रूपमा जोडिनु हो। यस्तो अवस्थामा व्यक्तिको व्यवहारमा अलिकति परिवर्तनले पनि  मानसिक स्वास्थ्यलाई असर गर्न थाल्छ । धेरै सोच्दा वा चिन्तित भएर शारीरिक रूपमा बिरामी पर्न सकिन्छ । त्यसैले सम्बन्ध स्वस्थ राख्न सही पार्टनर छनोट गर्न धेरै महत्त्वपूर्ण छ ।


पार्टनर छान्दा कस्ता गल्ती गर्नु हुँदैन ?


धेरै मानिसहरु शारीरिक घनिष्ठता, आर्थिक हैसियत जस्ता केहि इच्छाहरूका लागि आफ्नो पार्टनर रोज्छन् । तर यसो गर्दा गलत जीवन साथी रोज्न सकिन्छ । यस्तो अवस्थामा लामो समयसम्म तनाव र चिन्ता जस्ता समस्याहरूको सामना गर्न सकिन्छ। त्यसैले कसैको चाहना वा दबाबमा परेर जीवनसाथी रोज्नु हुँदैन ।


धेरैले हतारमा विवाहको निर्णय लिन्छन् । यस्तो अवस्थामा उनीहरुले आफ्नो सम्बन्धलाई समय दिनुको सट्टा केही दिनमै बिहे गर्ने निर्णय गर्छन् । तर त्यसो गर्नु मानसिक स्वास्थ्यको लागि हानिकारक हुन सक्छ। यस्तो अवस्थामा व्यक्तिलाई बुझ्नु एउटा काम बन्न सक्छ।


जब हामी कसैलाई माया गर्छौं, हामीले नचाहे पनि उसको गल्ती माफ गर्छौं। तर यदि यसो गर्ने बानी भइसकेको छ भने यो भविष्यका लागि हानिकारक पनि हुन सक्छ । त्यसैले उनीहरुका केही कुरामा समस्या छ भने त्यसलाई बेवास्ता नगर्ने, उनीहरुसँग खुलेर कुरा गर्ने प्रयास गर्नुपर्छ ।


यदि दुई जनाबीच कुनै समर्थन वा विश्वास छैन भने, यसले  भविष्यमा झगडा बढाउन सक्छ। यदि अर्को व्यक्तिलाई विश्वास गर्न सक्षम नभए सम्बन्ध कमजोर हुन सक्छ।


जब हामी कुनै व्यक्तिसँग कुरा गर्छौं वा तिनीहरूसँग समय बिताउँछौँ, हामी तिनीहरूको व्यवहार बुझ्न थाल्छौं। समय बित्दै जाँदा, हामी त्यो व्यक्तिसँग जीवन बिताउन सक्छौं कि सक्दैनौं भन्ने महसुस हुन्छ। त्यसैले आफ्नो मनको भावनालाई बेवास्ता गर्नुहुँदैन।

Tags: