post-slider post-slider

भारतबाट फर्किनेहरुमा कोरोना सङ्क्रमण, पाँच जनामा सङ्क्रमण पुष्टि

Image

काठमाडौं । भारतबाट फर्किनेहरुमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । पछिल्लो एक साताभित्र गौरीफन्टा नाका भएर भारतबाट फर्किएका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार हिजो (आइतबार) गौरीफन्टा नाका भएर भारतबाट फर्किएका दुई जनामा कोरोना पुष्टि भएको हो ।

एन्टिजेन विधिबाट ९४ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसअघि पुस ७ गते सोही नाकाबाट आएका एक जना र पुस ५ गते दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Tags: