post-slider post-slider

अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुन्छ : मन्त्री बस्नेत

Image

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताए ।

सोमबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले बको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका हुन् । उनले आफूले हेर्दा पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे ।

मन्त्री बस्नेतले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरू रहेको बताए। उनले कमजोरीहरूलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताए । उनले जनसङ्ख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरू पनि बढ्दै जान आवश्यक रहेको बताए । देशमा कामै नपाउने अवस्था रहेको जानकारी दिदै मन्त्री बस्नेतले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अप्ठ्यारो भइरहेको बताए ।

‘‘अब पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् । त्यो कमी कमजोरीलाई हटाएर आगामी दिनहरूमा बिरामीको सङ्ख्या अब घट्ने होइन बढ्ने हो । जनसङ्ख्या घट्ने होइन बढ्ने नै हो । त्यसकारण स्वास्थ्यकर्मीहरू बढ्न त जरुरी छ ।,’’ मन्त्री बस्नेतले भने, ‘‘एकथरी सेवा सुविधा कमजोर भएर पलायन हुने अवस्था छ । एकथरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरू राम्रा स्कुलमा पढ्न नसक्ने, राम्रो शिक्षा पाउन नसक्ने, घर व्यवहार हाम्रो चल्न नसक्ने एउटा अवस्था । अर्को कामै नपाउने अवस्था छ । अर्को दक्ष जनशक्ति नहुने अवस्था, यसले यो स्वास्थ्य क्षेत्र अर्थात् आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अप्ठ्यारा आइलागेका छन् । र अर्को कुरा भौतिक पूर्वाधारदेखि लिएर अरू कुरा छन् ।’’

मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताए ।

मन्त्री बस्नेतले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरू रहेको बताए । उनले कमजोरीहरूलाई हटाएर अघि बढ्न आवश्यक रहेको भनाइ व्यक्त गरे । उनले जनसङ्ख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरू पनि बढ्दै जान आवश्यक रहेको बताए। देशमा कामै नपाउने अवस्था रहेको जानकारी दिदै मन्त्री बस्नेतले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अप्ठ्यारो भइरहेको बताए ।

Tags: