post-slider post-slider

राती सुत्नु अघि यी काम नगर्नुहोस्, निन्द्रामा ल्याउँछ समस्या 

Image

काठमाडौं । आजको व्यस्त जीवनमा राम्ररी निन्द्रा नलाग्नु सामान्य समस्या बनेको छ । तर लामो समयसम्म यो अवस्थालाई निरन्तरता दिंदा स्वास्थ्यलाई अन्य धेरै तरिकाले असर गर्न सक्छ। यसले छाला र पाचन प्रणालीलाई असर गर्न सक्छ। त्यसैले स्वस्थ रहन पर्याप्त निन्द्रा लिनु जरुरी छ । तर कहिलेकाहिँ  धेरै प्रयास गर्दा पनि निद्रा लाग्दैन । त्यसका केहि कारणहरु यस्ता छन् । 

स्क्रिनको अगाडि हुनु

सुत्नुअघि स्मार्टफोन र ल्यापटप प्रयोग गर्नु धेरैको बानी हो । वास्तवमा, स्क्रिनबाट निस्कने प्रकाशले आँखामा रहेको रेटिनालाई असर गर्छ, जसका कारण निद्रामा गडबड हुन्छ। यस्तो अवस्थामा मेलाटोनिन हर्मोनको उत्पादन कम हुन थाल्छ, जसले निद्रा नलाग्ने समस्या निम्त्याउँछ।

तनाव वा चिन्ता

तनाव वा चिन्तामा हुनु पनि निद्रामा अवरोध हुनुको प्रमुख कारण मानिन्छ। तनावले शरीरमा मेलाटोनिन हर्मोनको उत्पादनलाई पनि कम गर्छ। जसका कारण शरीरमा यी हर्मोन उत्पादन हुँदैन, जसले गर्दा निद्रा नलाग्ने समस्या हुन्छ ।

अत्यधिक क्याफिन सेवन

धेरै क्याफिनको सेवनले अनिद्राको समस्या पनि निम्त्याउँछ। यसबारे गरिएका केही अध्ययनहरूका अनुसार सुत्नुभन्दा ६ घण्टा अघिसम्म क्याफिन सेवन गर्नु हुँदैन । सुत्नुअघि तुरुन्तै क्याफिन सेवन गर्दा बारम्बार निद्रामा गडबड हुन सक्छ।

धेरै सुत्नु

कहिलेकाहीँ धेरै सुत्ने वा दिउँसो सुत्ने बानी पछ्याउँदा पनि निद्रामा बाधा पुग्न सक्छ। त्यसैले ६ देखि ८ घण्टा मात्र स्वस्थ निद्रा लिनुपर्छ । यसले निद्रामा कुनै प्रकारको बाधा उत्पन्न गर्दैन।

गहिरो निन्द्रा पाउन के गर्ने ?

राम्रो र गहिरो निन्द्रा लिनको लागि राति सुत्नुअघि योग र ध्यान गर्नुपर्छ ।

यसका लागि आफ्नो टाउकोमा टि ट्री वा ल्याभेन्डरको तेलले मसाज गर्न सकिन्छ।

यसका लागि धुम्रपान र मद्यपानबाट बच्नुपर्छ ।

गहिरो निन्द्रा पाउनको लागि आफ्नो खानपानमा पनि परिवर्तन गर्नुपर्छ।

Tags: