post-slider post-slider

बिमाको सह–भुक्तानीः कस्तो अवस्थामा छुट मिल्छ?

Image

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले माघ १ बाट १० प्रतिशत उपचार शुल्क बिमित आफैले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणाली लागु गरेको छ । तर आकस्मिक, प्राथमिक स्वास्थ्य केन्द्र, २५ शय्या सम्मका सरकारी अस्पतालमा सह-भुक्तानी व्यवस्था लागू नहुने बोर्डले जनाएको छ । 

बोर्डका अनुसार संघीय अस्पताल, २५ शय्यामाथिका प्रादेशिक अस्पताल र सबै निजी वा सामुदायिक अस्पतालमा यो व्यवस्था लागू हुन्छन् । 

बोर्डका कार्यकारी निर्देशक डा.बसौलाका अनुसार अस्पतालबाट प्रदान गरिने बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, निदानात्मक सेवा, उपचारात्मक सेवा, शल्यक्रिया सेवा, फिजीयोथेरापी सेवा आदिमा १० प्रतिशत सह भुक्तानीको व्यवस्था लागू हुनेछ ।

Tags: