post-slider post-slider

नगर अस्पताल निर्माण गर्दै चन्द्रागिरि नगरपालिका

Image

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ। चन्द्रागिरि–४  गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाता भित्रै थप १५ शय्याको नगर अस्पताल बनाउन लागिइएको हो।

मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो।
    
गत असार २० मा चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनीका बीचमा दुई वर्ष भित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो। करबाहेक रु १७ करोड ४९ लाख ३४ हजार एकसय ९९ मा तीन तल्ले भवन बन्ने जनाइएको छ।

नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेल, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल लगायतले संयुक्तरुपमा सो भवनको बुधबार शिलान्यास गरे। 

सो अवसरमा उपप्रमुख श्रेष्ठले नयाँ बन्ने भवनले चन्द्रागिरि नगरबासीलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे भने कार्यकारी अधिकृत अर्यालले भवन निर्माण समयमै सम्पन्न गर्न आग्रह गरे।

यसैबीच नगरपालिकाले बुधबारदेखि विद्युतीय घर नक्सा पास प्रणाली कार्यान्वयनमा ल्याएको छ। अब घर नक्सापास सम्बन्धी सबै काम विद्युतीय माध्यमबाट हुने जनाइएको छ।  

रासस

Tags: