post-slider post-slider

कटन क्याण्डीमा अखाद्य रंग भेटियो, नखान सरकारको आग्रह

Image

काठमाडौं । सडकपेटि, बजार, मेला महोत्सवमा खुल्ला रुपमा बिक्रि भइरहेको कटन क्याण्डीमा अखाद्य रंग प्रयोग हुने गरेको पाइएको छ ।

क्याण्डी मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग रोडामाइन बी प्रयोग भएको पाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 

विभागको प्रयोगशालामा कटन क्याण्डीको नमूना परीक्षण गर्दा हानीकारक रंग रोडामाइन बी प्रयोग भएको पाइएको हो । त्यसकारण खुल्ला रुपमा बिक्री वितरण गरिने कटन क्याण्डी बिक्री वितरण नगर्न नगराउन र उपभोक्तलाई उपभोग नगर्न विभागले जारी गरेको सुचनामा अनुरोध गरेको छ ।

यदि यो निर्देशनको पालना नभएमा खाद्य ऐन नियम बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

रोडामाइन बी के हो ? 

रोडामाइन बी एक केमिकल हो । खाद्य पदार्थको रंग परिवर्तन गर्न, सौन्दर्यका प्रशाधन, आतसबाजी, कालो मरिच लगायतका मसला लगायतमा पनि उपयोग हुने गरेको छ । यसको सेवनले कलेजो र मिर्गौलाको क्यान्सरको जोखिम हुने चिकित्सकहरु बताउँछन् ।

Tags: