post-slider post-slider

महिनावारीको समयमा सख्खरको चिया पिउनुका फाइदा 

Image

काठमाडौं । उखुबाट बनेको सख्खर (गुड) शताब्दीयौंदेखि घरघरमा प्रयोग हुँदै आएको छ । गुडको सेवनले बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई धेरै फाइदा पु¥याउँछ । शरीरलाई स्वस्थ राख्नका साथै मानिसहरुले चिनीको स्थानमा पनि यसको प्रयोग गर्छन् ।गुड महिलाका लागि निकै लाभदायक हुन्छ । 

समयमै महिनावारी आउनुका साथै यसले रक्त प्रवाहलाई पनि ठीक राख्छ । महिनावारीको समयमा महिलाहरु प्रायः शरीर र पेट दुख्ने गर्छन । यस्तो अवस्थामा महिलाहरूले गुडको चिया बनाएर पिउन सक्छन् । गुडमा सोडियम, पोटासियम, प्रोटिन, क्याल्सियम, आइरन र जिंक जस्ता धेरै प्रकारका पोषक तत्व पाइन्छ । 

यसको सेवनले महिलाको शरीरको कमजोरी मात्र नभई असन्तुलित हर्मोनको समस्याबाट पनि राहत मिल्छ । महिनावारीको समयमा गुडको चिया पिउनाले तौल घटाउनुका साथै रोगबाट बच्न मद्दत गर्छ । महिलाहरुका लागि गुडको चिया पिउनुका फाइदाहरु यस्ता छन्।

महिनावारीको दुखाइबाट छुटकारा पाउन

महिनावारीको समयमा गुडको चिया पिउनाले महिलाहरूले दुखाइ र पीडाबाट आराम पाउँछन्। महिनावारीको समयमा धेरै महिलाहरूलाई  पेट दुख्ने समस्या हुन्छ। यस्तो अवस्थामा महिलाले दिनमा एकपटक गुडको चिया सेवन गर्नुपर्छ ।

हर्मोनल  असन्तुलन ठिक गर्न

महिलाहरु प्रायः हर्मोन असन्तुलनबाट ग्रस्त हुन्छन्। जसका कारण धेरै पटक पिसिओडीसँग  पिसिओएसको समस्या पनि देखापर्छ। यस्तो अवस्थामा गुडको चिया पिउँदा यी समस्याबाट मात्र राहत मिल्दैन तर थाइराइडबाट पनि राहत मिल्छ ।

रगतको फ्लू बढाउन

धेरै महिलालाई महिनावारीको समयमा रक्त प्रवाह कम हुने समस्या हुन्छ । जसका कारण रक्तश्राव कम हुन्छ र महिनावारी खुलेर आउँदैन । यस्तो अवस्थामा गुडको चिया पिउनाले महिलाको महिनावारी समयमा रगत प्रवाहमा सुधार हुनुका साथै समयमै महिनावारी हुन्छ ।

शरीरको कमजोरी हटाउँछ

अक्सर महिलाहरु महिनावारी को समयमा शरीर को कमजोरी को अनुभव गर्दछ। यस्तो अवस्थामा गुडको चिया पिउनाले शरीरको कमजोरी मात्र नभई शरीरको दुखाइबाट पनि राहत मिल्छ । गुडमा पाइने आइरनले शरीरलाई शक्ति प्रदान गर्नुका साथै हेमोग्लोबिनको स्तर पनि बढाउँछ ।

पाचन प्रणालीको लागि लाभदायक

महिनावारीको समयमा महिलालाई पेट दुख्नुका साथै अपच, ग्यास, कब्जियत र एसिडिटी जस्ता समस्या देखिने गर्छ । यस्तो अवस्थामा महिलाहरूले गुडको चिया पिएर खाना राम्ररी पचाउँछन्, यसले ग्यास र अपचबाट राहत मिल्छ। गुडको चिया पिउनाले पेट सफा गर्न पनि मद्दत गर्छ ।

गुडको चिया कसरी बनाउने

१ गिलास पानी उमाल्ने। त्यसमा १ चिया चम्चा सौंफ र २ वटा हरियो अलैंची उमाल्ने। अब यसमा चियाको पात मिसाएर चियालाई केही बेर उमाल्ने। चिया उमालेपछि कपमा १ चम्चा गुड हालेर चिया मिलाउने। चिया मनतातो भएपछि पिउनुपर्छ । यस चियामा दूध पनि थप्न सकिन्छ।

Tags: