post-slider post-slider

जता सुन्दर भुसाल, त्यतै स्वास्थ्य मन्त्रालयका ठूला ठेक्का

Image

स्वास्थ्य उपकरण खरिद (शृंखला-३)

काठमाडौं - स्वास्थ्य मन्त्रालयस्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाबाट थालिएका दुई वटा ठूला ठेक्कामा भएको कमिसनको खेलबारे हामीले अघिल्ला दुई शृंखलामा उल्लेख गर्‍यौं। यो शृंखलामा हामी त्यस्तै अर्को ठेक्काबारे चर्चा गर्दछौं, जसमा सुन्दर भुसालको कम्पनी म्याक्सिम इन कर्पोरेसन जोडिएको छ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतका भतिजा राजकुमार बस्नेत र मन्त्रीका गाउँले यज्ञ भण्डारीलाई उक्त कम्पनीको कमिसन एजेन्ट बनेर ठेक्का दिलाउन चलखेल गरेको आरोप लागेको छ।

कुरा व्यवस्थापन महाशाखाबाट बोलपत्र आह्वान गरिएको एक्मोपम्प मेसिनको हो। यो मेसिन पनि विश्व बैंकले सहुलियतमा ऋण दिएको पाँच अर्बभित्रबाटै खरिद गर्न लागिएको छ।

एक्मोपम्प मुटुको उपचार गर्दा प्रयोग हुने हटलङ मेसिनभित्र रहने स्वासप्रश्वास सम्बन्धी उपकरण हो। यसलाई एक्स्ट्रा कर्पोरियल मेम्ब्रेन अक्सिजेसन मेसिन भनिन्छ।

एक्मोपम्म मेसिनका लागि विभागको व्यवस्थापन महाशाखाले गत १९ अक्टोबर २०२३ मै बोलपत्र आह्वान गरेको थियो।

चार थान एक्मोपम्प मेसिन खरिदका लागि महाशाखाले १० करोड बजेट खर्च गर्ने बन्दोबस्त मिलाएको छ।

विभिन्न स्रोतहरूका अनुसार एक्मोपम्प मेसिन अहिलेसम्म नेपालमा चार-पाँच वटा मात्रै आएका छन्।

हटलङ मेसिन १५ देखि २० वटा छन्। हटलङ मेसिन खरिद गर्दा त्यसैमा जडित हुने हुनाले एक्मोपम्प छुट्टै किन्न नपर्ने राय राख्नेहरू छन्।

पाँच-सात वर्षअघिसम्म नेपालका केही कम्पनीले एक्मोपम्प मेसिन ल्याउने गर्थे। यो मेसिनको उपयोग कम हुन थालेपछि उनीहरू हटलङ मेसिन खरिदमा सक्रिय छन्। एक्मोपम्पभन्दा हटलङ मेसिनको उपयोगिता बढी रहेको तर्क उनीहरूको छ।

स्वास्थ्य उपकरणमा खरिदमा संलग्न व्यवसायीहरू चार वटा एक्मोपम्प मेसिन खरिद गर्न प्रतिमेसिन साढे २ करोड बजेट छुट्याइएकोमा आश्चर्य मान्छन्।

जबकियो मेसिन नेपाली बजारमा ६० देखि डेढ करोडको हाराहारीमै पाइने गरेको दाबी उनीहरू गर्छन्।

सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र मेडिसिटी अस्पतालले ६०-६० लाख र सहिद गंगालाल हृदय रोग केन्द्रले सबैभन्दा महंगोमा १ करोड ४० लाख रुपैयाँमा एक्मोपम्प खरिद गरेका थिए।

एक्मोपम्पको एउटै उत्पादक कम्पनी जर्मनीको म्याक्वेड हो। यो कम्पनीलाई (गेटिङ) पनि भन्ने गरिन्छ।

यसको नेपाली एजेन्ट म्याक्सिम इन कर्पोरेसन हो। यसका सञ्चालक सुन्दर भुसाल हुन्। भुसालको कम्पनीले एक्मोपम्प खरिद गर्न टेन्डर हालिसकेको छ।

महंगोमा एक्मोपम्प मेसिन खरिद गर्न लागिएको र म्याक्सिम जोडिएकाले यसमा पनि कमिसनको खेल रहेको बताइन्छ।

व्यवसायीहरूका अनुसार साढे दुई करोडमा हटलङ मेसिन नै किन्न सकिन्छजसको उपयोगिता एक्मोपम्पको भन्दा बढी छ।

साढे २ करोड रुपैयाँमा हटलङ मेसिन नै आउँछ भने तुलनात्मक रूपमा कम प्रयोगमा आउने एक्मोपम्पमा त्यत्रो रकम किन खर्च गर्ने? किन हटलङ मेसिन खरिद नगर्ने?,’ ती व्यवसायीले प्रश्न गरे।

अहिले खरिद गर्न लागिएका मेसिन सिभिलपाटन र वीर अस्पतालमा दिइने भनिएको छ। जहाँ एक्मोपम्प चलाउने जनशक्तिकै अभाव छ।

जानकार डाक्टरहरूका अनुसार एक्मोपम्प मेसिन त्रिवि शिक्षण अस्पतालमा छ। तरवर्षमा एउटा-दुई वटा उपचार नै मुस्किल छ।

शिक्षण अस्पतालका डासुवासप्रसाद आचार्यका अनुसार एक्मोपम्प मेसिनको मर्मत खर्च उच्च छ। शिक्षण अस्पतालमै यो उपकरण थन्किएको अवस्था छ।

वर्षमा एउटा-दुई वटा केस आउँछन्एक बिरामी बराबर ९ हजार डलरसम्म खर्च हुन्छ, अर्थात् १०-१२ लाख रुपैयाँ खर्च गरेर शिक्षण अस्पतालमा कसले बिरामी राख्छ?,’ उनले भने, ‘यति महंगो खर्च गरेर किन यति धेरै मेसिन ल्याउने?’

भएको उपकरणलाई कसरी चलाउने भनी सदुपयोग गर्न नसकिरहेको सरकारले किन महंगा मेसिन खरिद गरिरहेको छकसलाई सोधेर गरिरहेको छ?,’ उनले प्रश्न गरे, केही बिजनेस हाउसहरूलाई फाइदा हुने गरी अनुपयुक्त निर्णय किन गरिन्छ?’

यस्ता मेसिन विश्वमा केही कम्पनीहरूले मात्रै उत्पादन गर्छन्। अन्तर्राष्ट्रिय बजारबाट ल्याएर महंगोमा बेच्न नेपाली एजेन्टहरू सक्रिय छन्। यसको सट्टा अस्पतालमा सिटिस्क्यान र एमआरआई मेसिन किन्न डा आचार्यले सुझाव दिए।

लङ्स ट्रान्सप्लान्टमा मात्रै यस्ता मेसिनको आवश्यकता बढी हुन्छ,’ उनले भने, ‘पहिले लङ्स ट्रान्सप्लान्ट कसरी गर्न सकिन्छ भनेर सरकारले नीति बनाओस् न अनि खरिदतिर लागोस्।

देशमा आर्थिक संकट छ भन्दै कर्मचारीलाई तलब दिन सक्दिनँ भन्ने सरकार व्यापारीसँग साँठगाँठ गरेर कमिसन चक्करमा लाग्नेभन्दै उनले आक्रोश पोखे।

बरू देशभरिका ७७ जिल्लामै सिटी र एमआरआई मेसिन किन्न खर्च गरौं न,’ उनले भने, ‘कम्तीमा काम लाग्ने उपकरण खरिद गरे त्यसबाट लाभ त हासिल हुन्छ।

महाशाखाको खरिद ईकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले बायोमेडिकल ईन्जिनियरसँग मेसिनको आवश्यकता र उपयोगिताबारे कुरा गर्न भनेका छन्।

बायोमेडिकल ईन्जिनियर आशिष चौहानसँग हामीले प्रश्न राख्यौं।

यो मेसिनको वास्तविक मूल्य कति होउनले ठ्याक्कै किटानसाथ भन्न चाहिँ सकेनन्।

उनका अनुसार उक्त मेसिनको मूल्य समयअनुसार अन्तर्राष्ट्रिय बजारमा परिवर्तन भइरहेको हुन्छ। हरेक कम्पनीले प्रत्येक वर्ष सामानको मूल्य बढाइरहेका हुन्छन्। डलरको मूल्यले पनि त्यसमा असर गरिरहेको हुन्छ।

अहिले खरिद गर्न लागिएका उपकरणको मूल्य महंगो भयो भन्ने प्रश्नमा विभिन्न कारण जोडिने उनले बताए।

हामीले खरिद गर्न लागिएका उपकरणको वारेन्टी दुईदेखि तीन वर्षको छ, मेन्टिनेन्स कष्टसमेत त्यहाँ जोडिन्छअहिले किनिसकेको कुरा होइनकसैले सस्तोमै ल्याइदिने भए भने मूल्य घट्न सक्छ,’ उनले भने।

यो मेसिनले कति बिरामी लाभान्वित हुने देख्नुभएको छ?

मेसिनबाट हुने लाभ के छ भन्दा पनि यसलाई पूर्वतयारीका रूपमा बुझ्न उनले आग्रह गरे। अहिले बिरामी कम छन्प्रयोग धेरै भएन भनेर खरिद नै नगर्ने भन्नेतिर जान हुन्नभोलिपर्सी जटिल अवस्था आएमा उपकरण चाहिन्छन्,’ उनले भने।

जहाँसम्म उपयोगमा आएनन् भन्ने कुरा छत्यसलाई आधार बनाएर खरिद प्रक्रिया अघि नबढाउनेतर्फ कुरा मोड्न खोजिएको उनले बताए।

हुन त एक्मोपम्मको भन्दा हटलङ मेसिनको बढी माग छ भन्ने कुरा सत्य होतर एक्मोपम्पको पनि उति नै बढी उपयोग छ,’ उनले भने, ‘आवश्यकताभन्दा बाहिर गएर हामी काम गर्दैनौं।

यो ठेक्कामा कमिसन एजेन्ट भएको आरोप लागकोमा बस्नेत र भण्डारीले आपत्ति भने जनाए।

बस्नेतले आफू निर्माण क्षेत्रमा काम गरिरहेको र मन्त्रीको नजिकको व्यक्ति भएकै कारणबाट नाम जोड्न नमिल्ने बताए।

बस्नेतको क्षमादेवी ग्रुप भक्तपुर कौशलटारमा छ। त्यसले टायल्समार्बलइँटालगायत निर्माण सामग्री सप्लायर्सको काम गर्छ। आवरणमा बस्नेत निर्माणसम्बन्धी काम गर्ने देखिए पनि स्वास्थ्का ठूला ठेक्कामा उनी मन्त्री बस्नेतसँग मिलेर चलखेल गर्छन् भन्ने आरोप छ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाबाट करोडौंका स्वास्थ्य उपकरणहरू खरिद प्रक्रिया थालिएको छ। विश्व बैंकले कोरोना महामारीका बखत नेपाल सरकारलाई उपलब्ध गराउँदा बचेको पाँच अर्ब रकमबाट उपकरण खरिद थालिएको हो।

हामीले पहिलो शृंखलामा ३० करोड खर्चेर खरिद गर्न लागिएको पोर्टेबल अल्ट्रासाउन्ड मेसिनबारे उल्लेख गरेका थियौं। कम्पनी जिई हेल्थ केयर नामक अमेरिकाको कम्पनीबाट अल्ट्रासाउन्ड खरिद गर्न लागिएको थियो। त्यसको नेपाली एजेन्ट म्याक्स मेडिटेक्ड हो।

जिईको नेपाली एजेन्ट म्याक्स मेडिटेक्ड कम्पनी नयाँ बानेश्वरमा छ। यसका सञ्चालक विमल उप्रेती हुन्। मन्त्री बस्नेतका गाउँले भण्डारीलाई म्याक्स मेडिटेक्डका सञ्चालक उप्रेतीको व्यापारिक साझेदार हुन् भन्ने आरोप लाग्ने गरेको छ।

तरउप्रेती भने यज्ञ भण्डारी आफ्नो कम्पनीमा नरहेको बताउँछन्। बाहिर यस्ता कुरा प्रचार गरिएको छउहाँ मेरो कम्पनीमा व्यापारिक साझेदार हुनुहुन्न,’ उनले भने।

भण्डारीले उप्रेती, म्याक्सिम इन कर्पोरेसन र सुन्दर भुसाललाई आफूले नचिनेको बताए। म त डिस्पोजेबल आइटमहरूको काम गर्छुमेरो काम स्वास्थ्य सेवा विभागतिर पर्दैनलगाइएका आरोप झुटा हुन्,’ उनले भने, ‘मेरो आइटम वीर र गंगालालतिर मात्रै जान्छ।

यो पनी हेरौं,

स्वास्थ्य उपकरण खरिद (शृंखला-१) - विश्व बैंकको पाँच अर्बमा स्वास्थ्य मन्त्री बस्नेतको ‘दादागिरी’

स्वास्थ्य उपकरण खरिद (शृंखला-२)  - स्वास्थ्यका ठेक्कामा मन्त्री बस्नेतको चलखेल, आफूनिकट कम्पनीले नपाएपछि ठेक्कै रद्द!

Tags: