post-slider post-slider

तपाईंको बच्चाले खान मान्दैन ? यसरी खुवाउनुहोस्

Image

बच्चालाई खाना खुवाउनु एउटा चुनौतीपूर्ण काम हो। अनेक बहाना र प्रलोभन देखाएर आमाले बच्चालाई खाना खुवाउन खोजिरहेका हुन्छन्। तर सधैं यसरी बच्चालाई खान खुवाउन पनि गाह्रो पर्छ। बच्चाले भोक लागे पनि धेरैजसो बेला खाना खान मानिरहेको हुँदैन। यस केही यस्ता तरिकाहरू छन् जसलाई अपनाएर बच्चालाई सहजै खाना खाने बनाउन सकिन्छ।

बच्चालाई विभिन्न प्रकारका खानाहरूबारे जानकारी दिनुपर्छ। फलफूल, तरकारी, अन्न र प्रोटिनमिश्रित स्वस्थ खानेकुराहरूबारे बच्चालाई बुझाउन सक्नुपर्छ।

बच्चालाई खान खुवाउन धैर्यसँगै र लगनशील पनि बन्नुपर्छ। बच्चालाई खाना खुवाउन समय लाग्छ, त्यसैले कुनै दबाब, बल अनि झर्को नमानी आपनो प्रयास जारी राख्नुपर्छ। कसरी रमाइलो माहोल बनाउन सकिन्छ, त्यता ध्यान दिनुपर्छ।

एक दिनचर्या बनाउनुपर्छ। एउटा स्पस्ट खुवाउने तालिका विकास गर्न नियमित खाना र खाजा खुवाउन समय निर्धारण गर्नुपर्छ। र, त्यही समयमा मात्र खुवाउनुपर्छ।

रोलमोडल बन्नुहोस्। बच्चाहरूले प्रायः वयस्कहरू‌ले खाने व्यवहारको नक्कल गर्छन्, त्यसैले परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर खाने र विभिन्न प्रकारका खानेकुराहरूको आनन्द लिएर खाने बानी पार्नुपर्छ।

रमाइलो वातावरण बनाउनुपर्छ। खानाको समयलाई आकर्षक एवं रमाइलो बनाउन रगीन प्लेटहरू, रचनात्मक प्रस्तुतीहरू र रमाइलो भाँडाको प्रयोग गर्नुपर्छ। तरकारी पखाल्ने, सरसामान जुटाउने जस्ता कार्यमा पनि बच्चालाई  समावेश गराउनुपर्छ।

अवरोध हटाउनुपर्छ। टीभी, मोबाइल र अन्य इलेक्ट्रिक उपकरणहरू बन्द गरी शान्त वातावरण सिर्जना गरेर बच्चालाई खुवाउने प्रयास गर्नुपर्छ। जसले गर्दा बच्चा खानामा मात्र ध्यान केन्द्रित गर्न सक्छन्। जसले गर्दा बच्चाले भोक र पूर्णता पहिचान गर्न सक्छ।

बाध्य नबनाउनुहोस्। बच्चाहरूले चाहेभन्दा बढी खान कर नगर्नुस्। अलि अलि गरी खान दिनुपर्छ। उसले खान चाहेको खण्डमा नै मागुन् भन्ने कुराको ख्याल गर्नुपर्छ।

प्रशंसा र प्रोत्साहन गर्नुपर्छ। बच्चाले राम्रोसँग खाएको बेला प्रशंसा गर्न पछि हट्नु हुँदैन। नयाँ प्रकारका खानाका लागि प्रोत्साहन गर्नुपर्छ। कुनै खानेकुरा अस्वीकार गरेको अवस्थामा आलोचना नगर्नुहोस्, दबाब पनि नदिनुहोस्।

बच्चालाई खाना खुवाउने बेला रचनात्मक बन्नुपर्छ। खानालाई थप आकर्षक बनाउन खाना पकाउने विभिन्न तरिकाहरू, बनावटहरू र स्वाद संयोजन‌को प्रयोग गर्नुपर्छ।

याद गर्नुहोस प्रत्येक बच्चाहरू फरक हुन्छन्। आफ्ना छोराछोरीका लागि उपयुक्त तरिका पत्ता लगाउन समय लाग्न सक्छ। पौष्टिक र स्वस्थ खानेकुरा खुवाउने गर्नुस्। परेको खण्डमा पोषणविद् ,आहार विशेषज्ञ, र बाल रोग विशेषज्ञसँग बेलाबेलामा परामर्श गर्ने गर्नुहोस्।

Tags: