post-slider post-slider

मानसिक स्वास्थ्य समस्याका औषधि बिक्रीमा कडाइ

Image

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले प्रेस्किप्सनबिना साइक्याटिक (मानसिक स्वास्थ्य समस्याका) औषधि बिक्रीवितरण गरेको पाइएमा फार्मेसी सिल गर्ने चेतावनी दिएको छ । 

नगरपालिका अन्तर्गत रहेका औषधि पसल तथा क्लिनिकहरुबाट चिकित्सकको सिफारिस विना साइक्याट्रिक औषधिहरु लागु औषधिको रुपमा बिक्रीवितरण भएको भन्ने सुचना आएकोले नगरपालिकाले यस्तो निर्णय गरेको हो । 

विज्ञप्तीमा लागु औषधि नियन्त्रण गर्न अपरिहार्य भएकाले यदि प्रेस्किप्सनबिना साइक्याट्रिक औषधि विक्रीवितरण भएमा कानुन बमोजिम कडा भन्दा कडा कारवाही गरिने र औषधि पसल क्लिनिकलाई सिल गरिने उल्लेख छ ।  

साथै, नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका अस्पताल, औषधि पसल, क्लिनिकलाई चिकित्सा र आयुर्वेदिक औषधि पसल नगरपालिका कार्यालयमा सूचिकृत गराई व्यावसाय दर्ता गरेर मात्र सञ्चालन गर्न सबैलाई निर्देशन दिएको छ । व्यावसाय दर्ता नगरी सञ्चालन गरेमा  नियमानुसार कारवाही गरिने पनि नगरपालिकाले जनाएको छ ।

Tags: