post-slider post-slider

मानसिक स्वास्थ्यको लागि व्यायाम 

Image


काठमाडौं- हामी सबैलाई थाहा छ व्यायाम शारीरिक स्वास्थ्यको लागि महत्त्वपूर्ण छ। व्यायामले स्वस्थ वजन कायम राख्न र हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ। तर के तपाईंलाई थाहा छ व्यायाम मानसिक स्वास्थ्यको लागि उत्तिकै महत्त्वपूर्ण हुन सक्छ? नियमित शारीरिक क्रियाकलापले दिमाग चुस्त राख्छ।

जब तपाईं व्यायाम गर्नुहुन्छ, तपाईंको शरीरले सेरोटोनिन, डोपामाइन, र एन्डोर्फिनजस्ता रसायनहरू उत्पादन गर्दछ। जसले मुडलाई बनाउन र तनाव वा चिन्ताको भावनालाई कम गर्छ। यो भावना तपाईंले एन्टिडिप्रेसेन्ट औषधिबाट प्राप्त गरेको जस्तै हो।

 व्यायामले नयाँ मस्तिष्क कोशिकाहरूको वृद्धि गर्दछ। हिँड्ने, साइकल चलाउने वा पौडी खेल्नेजस्ता गतिविधिहरू दिनमा मात्र ३० मिनेटले डिप्रेसनका लक्षणहरू कम गर्न र तनावको स्तर कम गर्न मद्दत गर्छ भनी अध्ययनहरूले देखाउँछन्।

व्यायामले तपाईंको मस्तिष्कमा थप अक्सिजन र पोषक तत्वहरू प्रदान गर्दछ, जसले समन्वय, सिकाइ र मेमोरीजस्ता मनोवैज्ञानिक क्षमताहरू बढाउँछ। यसले तपाईंको मस्तिष्कलाई उमेर सम्बन्धित क्षतिबाट बचाउँछ र अल्जाइमरजस्ता न्यूरोडिजेनेरेटिभ रोगहरू लाग्न दिँदैन।
एक अध्ययनले नियमित रूपमा व्यायाम गर्ने वृद्धवृद्धाहरूले नगर्ने साथीहरूको तुलनामा उल्लेखनीय रूपमा कम संज्ञानात्मक गिरावट भएको पत्ता लगाएको छ।

यदि तपाईं अत्यधिक चिन्तित महसुस गर्दै हुनुहुन्छ भने दौडिनु वा हिँड्नु सबैभन्दा राम्रो उपायमध्ये एक हो। योग वा स्ट्रेचिङ जस्ता हल्का गतिविधिले पनि तपाईंको शरीर र दिमाग दुबैलाई आराम गर्न मद्दत गर्न सक्छ। स्वस्थ खाना खाने वा पर्याप्त सुत्ने जस्तैव्यायामलाई पनि प्राथमिकतामा राख्नुपर्छ।
यद्यपि, व्यायाम एक्लैले मानसिक स्वास्थ्य अवस्थाहरू जस्तै डिप्रेसनको उपचारू गर्न सक्दैन। यो एक महत्त्वपूर्ण आत्महेरचाहको उपकरण हो, जसले थेरापी वा औषधिसँग समन्वयात्मक रूपमा काम गर्दछ। 

त्यसैले, तपाईं जहाँ चाहनुहुन्छ, त्यहाँ व्यायाम गर्ने योजना बनाउनुहोस्। चाहे त्यो तपाईंको खाजाको विश्रामको समयमा हिँड्ने होस्स, लिफ्टको सट्टा सिँढी चढ्ने होस् वा मनोरञ्जनात्मक खेलकुदमा सामेल हुनुहोस्।

Tags: