post-slider post-slider

महिनावारी भएको कति दिन पछि सेक्स गर्ने ?

Image

काठमाडौं । महिलाहरूले जीवनभर धेरै शारीरिक परिवर्तनहरू पार गर्नुपर्ने हुन्छ। ८ देखि १२ वर्षको उमेरमा उनीहरुमा महिनावारी हुन थाल्छ । महिनावारी सुरु हुने औसत उमेर १२ वर्ष हो। महिनावारीको समयमा पनि महिलाले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । 

महिनावारीको समयमा पेट दुख्ने, क्र्याम्प वा मुड स्विङ हुन्छ। यसबाहेक धेरैको मनमा महिनावारी र शारीरिक सम्बन्धलाई लिएर पनि प्रश्न हुन्छ । प्रायः मानिसको मनमा यो प्रश्न हुन्छ कि महिनावारी भएको कति दिन पछि सेक्स गर्नु गर्नु सुरक्षित हुन्छ ?

महिनावारी भएको कति दिन पछि सेक्स गर्न मिल्छ ? 

महिनावारी पछि सम्बन्ध राख्नको लागि कुनै निश्चित समय छैन। यो महिला वा उनको पार्टनरमा भर पर्छ ।  उनीहरूले कहिले सेक्स गर्न चाहन्छन्। यदि  गर्भधारण गर्ने प्रयास गर्दै भए ओभुलेशनको समयमा यौनसम्पर्क गर्नु उत्तम हुन्छ।

महिनावारीको समयमा वा महिनावारी समाप्त हुने बित्तिकै सेक्स गर्न सकिन्छ। वास्तवमा, महिनावारीपछि तुरुन्तै यौनसम्पर्क गर्दा गर्भधारणको सम्भावना बढ्दैन। त्यसैले गर्भधारण गर्न चाहाने हो भने महिनावारी भएको केही दिनपछि यौनसम्पर्क गर्नु राम्रो हुन्छ।

गर्भधारण गर्न सेक्स गर्ने सबैभन्दा राम्रो समय ओभुलेशनको समयमा हो। सामान्यतया महिनावारी भएको पहिलो दिनदेखि १४ देखि १६ दिनपछि यौनसम्पर्क गर्नु राम्रो हुन्छ । यस अवधिमा यौनसम्पर्क गर्दा गर्भधारणको सम्भावना निकै बढ्छ ।

महिनावारीको समयमा यौनसम्पर्क गर्नु  सुरक्षित छ ?

महिनावारीको समयमा सेक्स गर्ने वा नगर्ने भन्ने कुरा पार्टनरमा भर पर्छ। महिनावारीको समयमा दुवैलाई यौन सम्पर्क गर्न सहज महसुस भयो भने शारीरिक सम्बन्ध राख्न सकिन्छ । तर महिनावारीको समयमा सेक्स गर्दा सुरक्षाको प्रयोग गर्नुपर्छ। यसले संक्रमणको जोखिम कम गर्छ।

Tags: